खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

Thankot Times

थानकोट ।

खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो ।

जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।

१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् ।

कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ लाख ३२ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा २ हजार कित्ता कर्मचारीका लागि र ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *