दशरथ रंगशालासहित १० वटा संघसंस्थालाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरको पत्र

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले दशरथ रंगशाला लगायत नेपाली सेना, नेपाल प्रहरी, विभिन्न क्याम्पस लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *