चन्द्रागिरि-कीर्तिपुर क्षेत्रका यी स्थानमा शनिबार दिनभर विद्युत अवरूद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले भदाै २५ गते शनिबार मच्छेगाउँ फिडरका विभिन्न क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।
सो फिडर अन्तर्गत पर्ने साईराम चोकदेखी गाम्चा चौरसम्म हाइटेन्सन कन्डक्टरको स्तरोन्नति गर्नका लागि शनिबार बिहान १०ः३० देखी साँझ ५ः३० बजेसम्म सो फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ । प्राधिकरण स्रोतका अनुसार साईराम चोक, गाम्चा चौर, माथिल्लो सल्यानथान, शिव मन्दिर, झूल्पोखरी, एकता बस्ती, नयाँ बस्ती क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।
विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रका अनुसार मर्मत कार्य निर्धारित समयअगावै सकिएमा तत्कालै विद्युत आपूर्ति सूचारू हुनेछ ।












