थप १६३ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३ हजार ७ सय ४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१७१८ जनाको पिसिआरबाट ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर २४३० जना सक्रिय संक्रमित छन्। १३० जना संक्रमित निको समेत भएर घर फर्किएका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *