सुन-चाँदीको भाउ स्थिर
थानकोट ।
नेपाली बजारमा साताको पहिरो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।












