प्रथम मातातीर्थ गोल्डकपको फाइनल आज, उपाधिका लागि कुर्दन र किसिपिडी भिड्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ बालागाउँस्थित फुटमैदानमा जारी प्रथम मातातीर्थ गोल्डकप फुटबलको फाइनल आज हुँदैछ ।
असोज ३ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनलमा कुर्दन युथ क्लब र किसिपिडी युथ भिड्न लागेका हुन् ।
कुर्दनले शुक्रबार भएको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा फारभीजन युथक्लब माथि ११-० को फराकिलो जित हात पारेको थियो । त्यस्तै किसिपिडीले प्रतियोगिताको पहिलो सेमिफाइनलमा गोर्खाली युथमाथि २-० को जित निकाल्दै उपाधी नजिकै पुगेको हो । फाइनल खेल दिउँसो २ बजे हुने बताइएको छ ।
सो खेल अघि बिहान १० बजे सेमिफाइनलमा पराजित दुवै टोलीले तेश्रो स्थानका लागि खेल्नेछन् ।
प्रतियोगिताका विजेताले नगद २ लाख रूपैयाँ शिल्ड तथा प्रमाणपत्र पाउँदा उपविजेताले नगद १ लाख रूपैयाँ तथा शिल्ड पाउनेछन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद ५० हजार रूपैयाँ हात पार्ने बताइएको छ ।
व्यक्तिगत विधा तर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए ।
फाइनल खेल हेर्न राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टपनि सहभागि हुने बताइएको छ ।












