प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथलाई तेश्रो स्थान

Thankot Times

थानकोट ।

गोर्खाली युथ क्लब प्रथम मातातीर्थ गोल्डकपको तेश्रो स्थानका लागि भएको खेलमा विजयी भएको छ ।

शनिबार बिहान चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा तेश्रो स्थानका लागि खेलिएको खेलमा गोर्खाली युथले सडेन डेथमा फारभीजन माथि जित हात पारेको हो ।

खेलमा गोर्खाली युथ क्लब ५-३ गोल अन्तरले विजयी भयो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको नतिजा ट्राइबेकरमा निकालिएको थियो ।

प्रतियोगिताको तेश्रो भएको गोर्खाली युथ क्लबले नगद ५० हजार रूपैयाँ हात पार्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *