नागढुङ्गाको जाम नाैबिसेसम्म
थानकोट ।
दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै नागढुङ्गा-नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ ।
आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुङ्गादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो ।
गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । राजधानीबाट बाहिरिने अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् ।
दशैँको घटस्थापनादेखि अहिलेसम्म ६ लाख भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् ।















