काठमाण्डाै क्षेत्र नंं ९ र १० का उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने
थानकोट ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ ।
आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्र अनुसार खर्च निर्धारण गरेको हो, जसअनुसार मतदाताको संख्यालाई ६० प्रतिशत भार मानिएको छ ।
मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०-२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
यो अनुपातलाई आधार मान्दा काठमाण्डाै क्षेत्र नंं ९ र १० का उम्मेदवारहरूले अधिकतम् २७ लाख रूपैयाँसम्म निर्वाचनमा खर्चन पाउनेछन् ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा हेर्नुहोस्













