यात्रु बस नालीमा खस्दा दुई जना यात्रीले ज्यान गुमाए
थानकोट ।
हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३६ जना घाइते भएका छन् ।
काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खसेको छ ।
दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।















