त्रिशुलीमा कार खस्यो, यात्रु पाैडिएर बचे भट्टराई दम्पती (भिडियो सहित)

Thankot Times

थानकोट ।

मुग्लिन-नारायणगढ सडक खण्डमा सोमबार बिहान एउटा कार त्रिशुलीमा खसेर बेपत्ता भएको छ ।

पोखराबाट झापातर्फ जाँदै गरेको बा १० च ५४४५ नम्बरको कार भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

कारमा सवार यात्रुहरु भने आफैँ पौडिएर बच्न सफल भएका छन् । कारमा झापा दमक नगरपालिका वडा नंं ३ वस्ने ५२ वर्षीय लिला भट्टराई र उनकी श्रीमती ४० वर्षीया देउकाला दाहाल सवार थिए ।

उनीहरुको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *