सडकमा सवारीसाधनको संख्या पातलो, एकैदिन डेढ हजार सवारी चालकमाथि ट्राफिक प्रहरीको कारबाही

Thankot Times

थानकोट ।

दसैँ बिदाका कारण सडकमा न्यून मात्रामा सवारीसाधन चलेपनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीका अनुसार आइतबार एकै दिन एक हजार पाँच सय सवारीसाधनलाई कारबाही गरिएको हो ।

न्यून मात्रामा सवारीसाधन चलेको भए पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *