बडादशैँको नवाैं दिन आज महानवमी

Thankot Times

थानकोट । 

आश्विन शुक्ल नवमीका दिन आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महानवमी पर्व मनाउँदै छन्। महानवमीमा दुर्गा भवानीको पूजा आराधना गरी बलि दिने परम्परा छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ । दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

#तस्वीर जुम्लास्थित सैनिक ब्यारेकमा हातहतियार तथा गोलीगठ्ठाको पुजाआजा गरिँदै, वि.सं.२०२३ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *