महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Thankot Times

थानकोट ।

महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नारायणगोपाल चोकबाट शितल निवासतर्फ जाँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका-४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार दोलखा घर भएका २० वर्षकै सचिन तामाङ घाइते भएका छन् ।

उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *