बालुवाटारबाट छाता बाहिरिने, साइकल भित्रने सम्भावना

Thankot Times

थानकोट ।

आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको सत्ता गठबन्धनको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी भएको छ।

लोसपा नेताहरू कांग्रेससँग छुट्टै छलफल गरेर गठबन्धनको बैठकमा सामेल भएको बताइएको छ ।

बिहीबारदेखि सत्ता गठबन्धन बैठकमा सहभागी नभएको जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ।

एमाले र जसपा नेताहरूको शुक्रबार बिहानसम्म बैठक भए पनि औपचारिक सहमति हुन सकेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *