चन्द्रागिरिसँग सीमा जोडिएको मकवानपुर २ मा एमालेका युवा नेता बर्तौलाले पाए टिकट

Thankot Times

थानकोट । 

नेकपा एमालेले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका दुवै क्षेत्र तथा प्रदेश तर्फ चारवटै क्षेत्रबाट उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले मकवानपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने भएको छ । प्रदेशतर्फ क मा कमल विष्ट र ख मा एकालाल श्रेष्ठले टिकट पाएको बताइएको छ ।  

त्यस्तै, मकवानपुर २ मा प्रतिनिधसभा तर्फ महेश बर्तौलाले टिकट पाएका छन् । प्रदेशतर्फ क मा विष्णु ढकाल र ख मा लाल बहादुर थापाले टिकट पाएका छन् । 

एमालेबाट मकवानपुर-२ मा बर्तौंलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर सिफारिस भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *