एएफसी यू-१७ छनोटः नेपालको पोष्टमा भियतनामको ५ गोल

Thankot Times

थानकोट । 

भियतनाममा जारी एएफसी यू-१७ एसिया कप छनोटमा शुक्रबार नेपाल घरेलु टोलीसँग  ५-० ले पराजित भएको छ । यो हार सँगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । नेपालको यो लगातार दोस्रो हार हो ।

खेलका सुरुआती ४ गोल पहिलो हाफमा भएको थियो र यी सबै २२ मिनेटको अन्तरमा सम्भव भएको थियो ।

भियत ट्री स्टेडियममा भएको खेलमा आयोजक भियतनामका लागि गोङ फोङले सातौं मिनेटमा पहिलो गोल गरेयता बुइ होङले १२, भि डेन थोङले १६ र लि डेन लङ भुले २९ औं मिनेटमा १/१ गोल थपे ।

दोस्रो हाफको इन्ज्युरी समयमा भान डानले पाँचौं गोल गरे । त्यस अगाडि थाइल्यान्डले चिनियाँ ताइपेयीलाई ३–१ ले हराएको थियो । यो नतिजापछि चिनियाँ ताइपेयीको पनि प्रतियोगितामा चुनौती सकिएको छ । उसको पनि यो लगातार दोस्रो हार हो । अब आयोजक भियतनाम र थाइल्यान्डबीच हुने अन्तिम खेलले समूह विजेताको निर्धारण गर्नेछ । दुवै टिमले दुई दुई जित हात पारेका छन् ।

नेपालले आफ्नो अन्तिम खेलमा आइतबार चिनियाँ ताइपेयीको सामना गर्नेछ । यस खेलमा दुवै टिमले सान्त्वना जितका लागि प्रयास गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ