सत्ता गठबन्धनको निष्कर्षः काठमाण्डाै १० मा रूख, प्रदेश क मा हसिँया हताैडा र ख मा कलम

Thankot Times

थानकोट ।

सत्ता गठबन्धनले सिटको भागवण्डा टुंग्याएको छ । शुक्रबार अबेर गठबन्धनले भागवण्डा टुंग्याएको हो । जसपा गठबन्धनबाट बाहिरिएपछि केही सिट खाली राखेर चार दलबीच भागवण्डा मिलाइएको हो । माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई १९ र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति भएकाे छ । बाँकी ९९ सिट कांग्रेस र लाेसपाबीच भागबण्डा हुनेछ । प्रतिनिधि सभा सदस्य तर्फ काठमाण्डाै १० मा नेपाली काँग्रेसले टिकट पाउने भएको छ । यस क्षेत्रको प्रदेशतर्फ क मा नेकपा माओवादी केन्द्रले टिकट पाउनेछ भने प्रदेशतर्फ ख मा नेकपा एकीकृत समाजवादीले  टिकट पाउने बताइएको छ । 

यद्यपी यो सूचीमा केहि फेर बदलको सम्भावना कायमै रहेको बताइएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *