भीमफेदीमा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध
थानकोट ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनीया नजिक बाह्रघुम्तीमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक माथीबाट पहिरो झरेपछि त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।
सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । सडक अवरुद्ध भएपछी सवारीसाधनहरु अलपत्र परेका छन् ।
भिमफेदी गाउँपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
अहिले हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ ।















