प्रधानमन्त्री र मन्त्रीहरू पनि चुनाव प्रचारमा जान पाउने तर…
थानकोट ।
प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो बाहेकको क्षेत्रमा पनि चुनाव प्रचार गर्न जान पाउने भएका छन् । यसअघि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न नपाउने व्यवस्था थियो ।
शनिबार आयोगले पत्रकार सम्मेलन गरी आचारसंहितामा सामान्य संशोधन भएको जानकारी दिएको छ । प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा जाँदा सार्वजनिक सम्पत्तिको भने प्रयोग गर्न पाउने छैनन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा बाहेकका क्षेत्रमा चुनाव प्रचार गर्न गए उनले आफ्नै खर्चमा जानुपर्ने हुन्छ ।













