काठमाण्डाै १० को प्रदेश क मा नेपाली काँग्रेसले पनि उम्मेदवार खडा गर्ने, अन्य दलसँग मित्रवत प्रतिस्पर्धा
थानकोट ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० क मा नेपाली काँग्रेसले पनि उम्मेदवार खडा गर्ने भएको छ।
सत्ता गठबन्धनको सहमति अनुसार यसअघि नेकपा माओवादी केन्द्रको भागमा परेको भनिएको यस क्षेत्रमा नेपाली काँग्रेसबाट पनि उम्मेदवार खडा गर्ने निर्णय भएको नेपाली काँग्रेस स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार यस क्षेत्रको प्रदेश सभा सदस्य निर्वाचनका लागि अन्य दलसँग मित्रवत् प्रतिस्पर्धा गर्न सहमति भएको छ । सत्ता गठबन्धनले यसअघिको चुनावमा निर्वाचित क्षेत्रमा सोही दलका लागि छुट्याउने सहमति भएपनि काठमाण्डाै क्षेत्र नं. १० क मा यो लागु नभएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि देखिएका थिए ।













