प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न १० हजार धराैटी, प्रदेश सभा सदस्यका लागि ५ हजार
थानकोट ।
४२ दिनपछि हुने आम निर्वाचनमा भाग लिन इच्छुक उम्मेदवारहरूले बुझाउनुपर्ने धराैटी रकम निर्धारण भएको छ । निर्वाचन आयोगले आज हुने उम्मेदवारी मनोनयनको दर्ताका लागि धराैटी रकम निर्धारण गरेको हो ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न चाहनेले दश हजार रूपैयाँ धराैटी जम्मा गर्नुपर्नेछ । त्यस्तै प्रदेश सभा सदस्यको उम्मेदवारले पाँच हजार रूपैयाँ धराैटी जम्मा गर्नुपर्नेछ ।
तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धराैटी रकममा पचास प्रतिशत छुट हुने आयोगले जनाएको छ ।
साथै कुनै उम्मेदवारको दुईवटा मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनपत्रको लागि मात्र धराैटी राख्न आयोगले अनुरोध गरेको छ ।
गणना भएको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको धराैटी रकम जफत हुनेछ ।














