मेयर गिरीसहित देशभरका पालिका प्रमुखलाई सिस्नुपानीको देउसीमा निम्तो
थानकोट ।
सिस्नुपानी नेपालको आयोजनामा कार्तिक ५ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हुने ‘प्रज्ञा-सिस्नुपानी देउसी २०७९’ मा मुलुकका ७५३ वटै स्थानीय तहका प्रमुखलाई निम्तो दिइने भएको छ ।
सिस्नुपानी नेपालले सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई देउसीको लागि पहिलो निम्तो दिएको छ ।

हास्य कलाकार मनोज गजुरेलका अनुसार स्थानीय सरकारको चर्चा, लोकप्रियतादेखि युवा सहभागिता भएकाले पनि जनप्रतिनिधिलाई निम्तो दिइएको हो ।
प्रतिनिधि तस्बिर















