काठमाण्डाै क्षेत्र नं. ९ र १० उम्मेदवारहरूमाथि परेको उजुरी देख्दा कर्मचारीहरू नै चकित
थानकोट ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयहरूमा आज उम्मेदवारी मनोनयन गराउने उम्मेदावरहरू विरूद्ध उजुरी दर्ताको कार्य भएको छ । प्राप्त समाचारहरू अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा विरूद्ध पनि उजुरी परेको छ।
देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो।
हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपरान्ह ३ बजेसम्म त्यसमाथिको दाबीविरोध र उजुरीको समय तोकिएको थियो।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ।
आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वत: रद्द हुने पनि बताएको छ।
काठमाण्डाै क्षेत्र नं. ९ का सहायक निर्वाचन अधिृकत निरज आचार्यका अनुसार सो क्षेत्रमा कुनैपनि उम्मेदवारविरूद्ध उजुरी परेको छैन् । यस क्षेत्रका ३ पदका लागि ४४ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
त्यस्तै काठमाण्डाै क्षेत्र नं. १० निर्वाचन अधिकृतको कार्यालय प्रमुख फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार यस क्षेत्रमा पनि कुनैपनि उम्मेदवारविरूद्ध उजुरी परेको छैन् । यस क्षेत्रका ३ पदका लागि ४२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यकम अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।













