आम निर्वाचन-२०७९: प्रत्यक्षको चुनाव चिह्न सेतो कागजमा रातो रङ

Thankot Times

थानकोट । 

आसन्न आम निर्वाचनमा प्रत्यक्ष तर्फको चुनाव चिह्न सेतो कागज र रङ रातो हुने भएको छ । समानुपातिकको सेतो कागजमा कालो रङको छपाइ भएको हुनेछ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले २७ गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुने जानकारी दिनुभएको नेपाल समाचारपत्र दैनिकमा खबर छ । उहाँका अनुसार केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा मतपत्र छपाइ जारी राखेको छ । भदौ तेस्रो साता नमुना मतपत्र छपाइ पूरा गरेको केन्द्रले समानुपातिकको सूची तयार हुनासाथ समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरेको थियो । ‘दशैंअघि नै समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेका छौं’ -प्रवक्ता आचार्यले भन्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *