नेपालमा स्मार्ट वाच लगाउनेको संख्या बढ्यो, दुई महिनामा ५३ हजार घडी आयात
थानकोट ।
नेपालमा यस आर्थिक वर्षको पहिलो दुई महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच) आयात भएको छ । साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागले जनाएको छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।
यो वर्ष स्मार्ट घडीको आयात गत वर्षको भन्दा कम हो । गत वर्ष यस्तै अवधिमा ७ करोड ९८ लाख मूल्यको ६६ हजार २८१ हजार वटा स्मार्ट घडी आयात भएको थियो । यसबाट सरकारले २ करोड ४४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्ट वाचको माग उच्च छ । स्मार्टफोनसँग कनेक्ट गर्न र स्वास्थ्यसम्बन्धी जानकारी लिन स्मार्ट वाच उपयोगी मानिन्छ ।
यसैगरी साउन र भदौमा ६ अर्ब १८ करोड मूल्यको स्मार्ट फोन पनि आयात भएको छ । सरकारले ३ सय डलरभन्दा बढी मूल्यमा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएका कारण करिब आयात घटेको छ ।












