निर्वाचन कार्यतालिका: आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिह्न प्रदान

Thankot Times

थानकोट । 

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने  जनाएको छ । 

बुधबार बिहान  १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए । 

आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने  जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *