काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादी केन्द्रको घोषणा
थानकोट ।
काठमाडौं-१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्रमा संघतर्फ नेपाली काँग्रेसको केन्द्रको भागमा परेको थियो ।
त्यस अनुसार नेपाली कांग्रेसका नेता राजन केसीले पनि उम्मेदवारी दिएका छन् भने माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् । यस क्षेत्रको प्रदेशतर्फ १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै १० (ख) मा एकीकृत समाजवादीकी रमा आलेमगर र माओवादी केन्द्रका गणेश कुँवरले उम्मेदवारी दिएका छन् ।













