उम्मेदवारको प्रचार सामग्री लाइक गर्ने सरकारी कर्मचारीमाथि कारबाही सुरु

Thankot Times

थानकोट । 

निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाइने भन्दै त्यसबारे आवश्यक कारबाही अघि बढाएको बताएको छ ।

अनुगमनका क्रममा कतिपय कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्बिर खिचाई बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरुको शेयर र लाइक गरेको पाइएकाले भन्दै आयोगले उनीहरुमाथि आवश्यक कारबाही थालेको जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी विद्यालय, महाविद्यालय या विश्वविद्यालय तथा मामा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नपर्ने आचारणबारे स्पष्ट व्यवस्था गरिएको छ ।

आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगको प्रेस विज्ञप्ति हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *