आम निर्वाचन-२०७९ः आज उम्मेदवारले नाम फिर्ता लिन पाउने, आजै साँझ अन्तिम नामावली प्रकाशन

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदरले आज नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *