बागी उम्मेदवारीको मनाेनयन फिर्ता नलिने उम्मेदवार, प्रस्तावक र समर्थकलाई कांग्रेसको कारबाहीको चेतावनी

Thankot Times

थानकोट । 

सत्ता नेतृत्वको नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसले आगामी प्रतिनिधि र प्रदेश सभाको लागि गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध नलाग्न पनि बागी उम्मेदवारहरूलाई निर्देशन दिएको छ । 

बागी उम्मेदवारले आज बिहान १० बजेदेखि १ बजेभित्रमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । फिर्ता नलिने बागी उम्मेदरवार, तिनका प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट निष्कासन गरिने चेतावनी कांग्रेसले दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *