वृद्धभत्ता खाने उमेर पुगेका १२६ जना उम्मेदवार, ३० वर्ष मुनिका उम्मेदवार १२६ जना

Thankot Times

थानकोट ।

संघीय सांसदका लागि उम्मेदवार हुने योग्यता अनुसार उमेर न्यूनतम २५ वर्षको हुनुपर्छ । उमेरको हद भने छैन् त्यसैले पनि होला यसपटकको निर्वाचनका लागि ९९ वर्षका वृद्धले समेत उम्मेदवारी दर्ता गराएका छन् । 

गोरखाको संघीय निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस (बी.पी.)बाट उम्मेदवारी दिएका टीकादत्त पोखरेलको उमेर ९९ वर्ष पुग्यो । तर, उनी अझै निर्वाचन जित्ने अभिलाषाका चुनावी मैदानमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उमेरमा उम्मेदवारी दिने पोखरेल नै हुन् ।

 निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी विरोधपछि सार्वजनिक गरेको विवरण अनुसार ८० वर्षभन्दा माथिका उम्मेदवारको संख्या १० छ । महोत्तरी–३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष छ । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उमेर पनि ८० वर्ष नै हो । उनी बाग्लुङ–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

निर्वाचन आयोगका अनुसार ७० देखि ७९ वर्ष उमेरका उम्मेदवार देशभरमा ६९ जना छन् । निर्वाचन आयोगका अनुसार ६८ र ६९ वर्षका उम्मेदवार मात्रै ४७ जना छन् ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार १६५ वटा निर्वाचन क्षेत्रका लागि २ हजार ५३१ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये २९ वर्षसम्मका उम्मेदवारको संख्या १६२ छ ।

त्यसमध्ये ४० भन्दा तलको उमेरका उम्मेदवार ७ सय ८३ जना छन् । यस्तै ४० देखि ६० वर्षसम्मका उम्मेदवारको संख्या १ हजार ३ सय ४६ छ भने ६१ देखि ६७ वर्ष उमेर सम्मका उम्मेदवारको संख्या २७६ छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ