धादिङमा एमाले-राप्रपाबीच तालमेल
थानकोट ।
धादिङमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ ।
उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधबार एमाले र राप्रपाले तालमेल गर्ने सहमति अनुसार उम्मेदवारी फिर्ता गरेका हुन् । संघमा एमालेका उम्मेदवार खेम लोहनी र भुमि त्रिपाठीलाई सहयोग गर्न राप्रपाका उम्मेदवारद्वय २ बाट परशुराम तामाङ र १ बाट अजय प्रसाद रिमालले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै प्रदेश तर्फ २ को (ख) मा राप्रपाका डम्बर तामाङलाई सहयोग गर्न एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता गराईएको छ ।
यद्यपी धनबहादुर घलेले आफु काठमाडौंमा रहेको र उम्मेदवारी फिर्ता गर्न नगएको भएपनि खेम लोहनी गई आफ्नो इच्छा विपरित उम्मेदवारी झिकिदिएको आरोप लगाएका छन् । २ को क मा एमालेका डा. रामकुमार आधिकारीलाई समर्थन गर्दै राप्रपाका नारायण पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।














