ठेकीदेखि घण्टाघरसम्म, यस्ता छन् स्वतन्त्र उम्मेदवारले पाउने चुनाव चिह्न
थानकोट ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि आज चुनाव चिह्न प्रदान गर्दैछ ।
आयोगले आज दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पाउनेछन् । स्वतन्त्र उम्मेदवारको लागि आयोगले चिह्न तय गरिसकेको छ । यसमध्येबाट स्वतन्त्रले चिह्न पाउने हुन् ।















