न्युजिल्यान्डको तटमा पाँच सय ह्वेल मृत भेटिए

Thankot Times

थानकोट । 

न्युजिल्यान्डको तटमा पाँच सय ह्वेल माछा मृत फेला परेका छन् । समाचार एजेन्सी एपीका अनुसार न्युजिल्यान्डको मुख्य भूभागदेखि ८ सय किलोमिटर टाढाको चैथम आइसल्यान्डमा ती ह्वेल मृत फेला परेका हुन् । 

ती ह्वेलको मृत्यु कसरी भयो भन्ने विषय चाँही रहस्यमयी बनेको छ । वैज्ञानिकहरूले यसरी ठूलो संख्यामा पाइलट ह्वेलको मृत्यु हुनु कुनै भयानक आपतको संकेत पनि हुन सक्ने चेतावनी दिएका छन् ।

अर्को एक अनुमान अनुसार सो क्षेत्रमा रहेका सार्कले लेखेटेपछि ती ह्वेल भागेर तटमा आएको र फर्किन नसकेपछि मरेको पनि हुन सक्ने बताइएको छ । पाइलट ह्वेल शिकारीबाट बच्न आत्महत्या गर्छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *