चिसापानीबाट मोटरसाइकल लिफ्ट मागेर आउँदै गरेका नापित जब नागढुंगामा प्रहरी चेकिङमा परे..

Thankot Times

थानकोट ।

राजधानी भित्रने प्रमुख सडक नाका नागढुङ्गाबाट एक युवा पक्राउ परेका छन् ।

नेपाल प्रहरीले ११. ५ मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने गिलो पदार्थसहित कीर्तिपुर नगरपालिका-५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई बुधबार बिहान नागढुङ्गाबाट नाकाबाट पक्राउ गरेको हो । चितवनबाट काठमाडौं आउँदै गरेको ना.४५ प. ९४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार नापितको साथबाट चुरोटको बट्टाभित्र लुकाई ल्याएको उक्त पदार्थ भेटिएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग नागढुंगाका अनुसार नापितले चन्द्रागिरि- २ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागेर यात्रा गरिरहेका थिए ।

प्रतिनिधि तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *