बुङ्गमति महोत्सवका अवसरमा भोलि जावलाखेलदेखि बुङ्गमतिसम्म साझा बसले निःशुल्क बस सेवा दिने 

Thankot Times

थानकोट ।

साझा यातायातले भोलि (असोज २९ गते शनिबार) जावलाखेलदेखि बुङ्गमतिसम्म निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ।

ललितपुर महानगरपालिका र साझा यातायातको सहकार्यमा बुङ्गमति महोत्सवका लागि जावलाखेलदेखि बुङ्गमतिसम्म निःशुल्क बस सेवा सुचारु गरिने साझा यातायातले जनाएको छ।

ललितपुर महानगरले पर्यटन प्रवर्द्धनका लागि शनिबार बुङ्गमतिमा महोत्सव आयोजना गर्न लागेको हो। यसै अवसरमा साझाले शनिबार एकदिनको लागि निःशुल्क बस सेवा प्रदान गर्ने भएको हो।

महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने आयोजक इकोज इन द भ्यालीले जनाएको छ।

यस्तै बुङ्गमतिमा रहेका मुर्त तथा अमुर्त सम्पदाहरू र हराउँदै गएका परम्परागत संगित उजागर गर्ने र पुनरोत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा लाइभ म्युजिक, नेवारी खाना, नेवारी वास्तुकलाको प्रदर्शनी गरिनेछ।

दिनभर बुङ्गमति म्यूजियम खुला हुनेछ भने ठाउँठाउँमा चित्रकला र काष्ठकला आयोजना हुनेछ।

साझा यातायातले विजया दशमीका दिनपनि थानकोट लगायत काठमाण्डाैका विभिन्न रूटमा निःशुल्क बस सेवा उपलब्ध गराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *