आकाशतिर नम्बर प्लेट फर्काएर राख्ने ४१ जना मोटरसाइकल चालकलाई कारबाही
थानकोट ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आकाशतिर नम्बर प्लेट फर्काएर राख्ने ४१ सहित ६५८ मोटरसाइकल चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सवारी चेकिङमा नम्बर प्लेट स्पष्ट नराख्ने ६ सय १०, नम्बर प्लेट आकाशतिर फर्काउने ४१ र ठूलो आवाज निकाल्ने ७ मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको हो।
चेकिङको क्रममा नम्बर प्लेटमा स्पष्ट रूपमा नम्बरहरू नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
त्यस्तै। ठूलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन्।
स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-वक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन्।












