सय मिटर दौडमा निशाको कीर्तिमान
थानकोट ।
नवौँ बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् ।
उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साग) त्यो कीर्तिमान बनाएकी थिइन् ।















