सत्यमोहनको निधनमा सरकारले एक दिन बिदा दिने
थानकोट ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन शोक बिदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन बिदा दिने प्रस्ताव संस्कृति मन्त्रालयमा तयार भइसकेकाे बताए । यद्यपि सरकारले निर्णय भने गरिनसकेको उनको भनाइ छ ।
ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बिदाको आधिकारिक सूचना सरकारी माध्यमबाट सार्वजनिक गरिने बताए । जोशीको आइतबार ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।












