ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सानो थिमिबाट निकोसेरातर्फ आउँदै गरेको बा१ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा८३प ५४४८ नम्बरको मोटरसाइकल शनिबार राति एकापसमा ठोक्किँदा नुवाकोट घर भई हाल काठमाडौंको कपन बस्ने ३१ वर्षीय दीपेन्द्र पण्डितको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि थिमि कोरियन अस्पताल पठाई थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खालीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *