चन्द्रागिरिका परिचित समाजसेवी राजन पोखरेलको निधन
थानकोट ।
चन्द्रागिरि नगरका परिचित समाजसेवी तथा सफल उद्यमी राजन पोखरेलको निधन भएको छ । ५९ वर्षीय पोखरेलको आइतबार पेटसम्बन्धी क्यान्सरका कारण निधन भएको हो ।
चन्द्रागिरि २ वाडभन्ज्याङ निवासी पोखरेलको उपचारक्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा निधन भएको नेपाली काँग्रेस चन्द्रागिरि नगरसमिति सचिव राजेन्द्र महर्जनले जानकारी दिए । पोखरेल नेपाली काँग्रेसका जिल्ला सदस्य समेत थिए ।
पोखरेलको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।












