इष्टर्न हाइड्रोको आइपिओको आवेदन दिने समय थप

Thankot Times

थानकोट । 

इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन म्याद थप गरेको छ।आजसम्म निष्काशन गरिएको सो आईपीओमा अब भोलि (कात्तिक २ गते) सम्म आवेदन दिन सकिने भएको छ।

नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएका कारण आवेदन दिने मिति एक दिनका लागि थप गरिएको कम्पनीले बताएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशन गरेको हो। 

सोमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। 

सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *