डिफेन्डिङ च्याम्पियन तारकेश्वर पाँचाै नैकाप गोल्डकपको फाइनलमा, गणेशमान स्मृति ३-१ ले पराजित
थानकोट ।
डिफेन्डिङ च्याम्पियन तारकेश्वर युथ क्लब नैकापमा जारी पाँचाै नैकाप गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार गणेशमान स्मृति फुटसल क्लबविरूद्ध ३-१ को जित निकाल्दै तारकेश्वर उपाधी नजिक पुगेको हो ।
तारकेश्वरले अब उपाधीका लागि बुधबार हुने गोल्डस्टार युवा क्लब र ब्लुबेल एफसी बीचको विजेतासँग कार्तिक ५ गते प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुस्कर खड्काले फ्रि किकमार्फत सुन्दर गोल गर्दै गणेशमान स्मृतिलाई अग्रता दिलाए । यद्यपी तारकेश्वरका अमित लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सो पछि विक्रान्त राना र अमित लामा समान १-१ गोल गर्दै
खेलका म्यान अफ दि म्याच दुई गोल गर्न सफल तारकेस्वोर युथका अमित लामा चुनिए ।















