बझाङमा जिप दुर्घटना, ७ जना यात्रीको मृत्यु

Thankot Times

थानकोट । 

बझाङमा जिप दुर्घटना हुँदा साता जना यात्रुको मृत्यु भएको छ । बुधबार दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना परेको हो।

यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए।

उनका अनसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको अझै उद्धारकार्य जारी छ। साँझ परेकाले उद्धारमा कठिनाइ भइरहेको छ। जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *