झण्डै १० लाख रूपैयाँको क्यास र चेकसहित समातिए डिल्लीबजार मालपोतका कर्मचारी

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र  ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।

आयोगले शुक्रबार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो ।

उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेक पनि पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार  खतिवडामाथि थप अनुसन्धान भइरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *