नेकपा एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने
थानकोट ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको घोषणाापत्र नेकपा एमालेले तिहारपछि मात्र सार्वजनिक गर्ने भएको छ ।
एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् ।
‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ ।
सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ उनले भने ।














