सुन-चाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

महासंघका अनुसार आज सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो ।
साताको अन्तिम दिन शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो । यही मूल्यमा साताको पहिलो दिन आइतबार समेत कारोबार भएको थियो ।

जुन, आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । शुक्रबारको तुलनामा शनिबार एकै दिन सुनको मूल्य १५ सय रुपैयाँले बढेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर छ । आज पनि शनिबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *