काठमाण्डाैमा जुवातास खेल्ने ६२ जना पक्राउ, चन्द्रागिरिबाट कति जना समातिए ?

Thankot Times

थानकोट । 

नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास र कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० रूपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरेको बताए।

पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले जुवा खेल्नेबाट ६ लाख २७ हजार दुई सय ७० रूपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग २ लाख ८४ हजार सात सय रूपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *