झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

Thankot Times

थानकोट । 

तिहारका लागि झिलिमिली बत्ती जो८्ने क्रममा जनकपुरमा २ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुवै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *